१२ भाद्र २०७८, शनिबार
  • भगतराम थारु,

नेपालगन्ज । नेपाल–भारत सीमा–नाकामा कडाई गरिएको कारण बाह्य पर्यटकहरु नेपाल आउन गाह्रो मान्ने गरेको वक्ताहरुले बताएका छन् । नेपालमा भित्रिने बाहिरी पर्यटकलाई आउन सहज वातावरण नभएको कारण नेपालको पर्यटकीय क्षेत्र फस्टाउन नसकेको उनीहरुले बताएका हुन् ।

उनीहरुले प्रचार–प्रसार हुन नसक्दा बाँके राष्ट्रिय निकुञ्ज हेर्न आउने पर्यटकको संख्या बढ्न नसकेको बताएका छन् । निकुञ्ज घुम्न आउनेहरुले प्रशस्त वन्यजन्तु, प्राकृतिक शौन्दर्यताका साथै स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जीप सफारी तथा ¥याफ्टिङ गर्न सकिने ब्यवस्था भएपनि प्रचार हुन नसक्दा निकुञ्ज ओझेलमा परेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बबताए ।

निकुञ्जले शनिबार नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले बाघ, घोरल, हात्ती, चितुवा, हरिण लगायतका वन्यजन्तु निकुञ्जमा हेर्न सकिने बताए । बाँके निकुञ्जका वन्यजन्तु हेर्नका लागि हात्ती र जीप सफारीका साथै निकुञ्ज भित्र मचान बनाइएको उनले बताए ।

हात्ती सफारीका लागि बाँके राष्ट्रिय निकुञ्जले ६ वटा हात्ती ब्यवस्था गरेको प्रमुख संरक्षण अधिकृत शाहले बताए । उनले जीप सफारी र हाइकिङ समेत गर्न सकिने बताए । ‘पर्यटन प्रवद्र्धन गर्न सवै किसिमको प्रविधि र साधनको ब्यवस्था गरिएको छ,’ उनले भने, ‘हात्ती सफारी र जीप सफारीबाट बाघ, चित्तल, हरिण, हात्ती लगायतका बन्यजन्तु हेर्न र देख्न पाइन्छ ।’

बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गरी बर्षेनी २५ हजार पर्यटक आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बार्षिक झण्डै दुई हजार पर्यटकमात्र आएको प्रमुख संरक्षण अधिकृत शाहले बताए ।

‘नेपालमा आउने कुल पर्यटकको एक प्रतिशत मात्र बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउँछन् । बाँके निकुञ्ज गणनामा आउँदैन,’ तराई भू–परिधि कार्यक्रमका प्रमुख डा. रविन कडरियाले भने ।

बाँके राष्ट्रिय निकुञ्ज बबई र राप्ती नदीको बीचमा छ । यी दुई वटा नदीमा ¥याफ्टिङ गर्ने तयारी गरिएको छ । पर्यटनको विकास गर्न एक महिनाभित्र ¥याफ्टिङको ब्यवस्था गर्न लागिएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । उनले चार वटा बोट खरिद सञ्चालनको तयारी गरिएको स्पष्ट पारे ।

‘तत्काल निर्णय गरेर राप्ती नदीमा ¥याफ्टिङको ब्यवस्था मिलाउने योजना छ,’ उनले भने । राप्ती नदीमा ¥याफ्टिङका लागि यसअघि नै परीक्षण भइसकेको छ । निकुञ्जले आयोजना गरेको कार्यक्रममा बाँके बर्दियाका पर्यटन क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV