१२ भाद्र २०७८, शनिबार

काठमाडौैं । क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गर्दै चार दिनदेखि रिले अनसनमा रहेका नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् ।

निबार साँझ बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले जिल्ला सभापतिहरूको माग सम्बोधन गर्ने निर्णय गरेसँगै उनीहरुले अनशन तोडेका हुन् ।

कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले साँझ सानेपास्थित केन्द्रीय कार्यालयमा पुगेर माग सम्बोधन गर्ने सहमति भएको खबर सुनाएपछि जिल्ला सभापतिहरूले अनशन तोडेका छन् । सिटौलाको नेतृत्वका गठन गरिएको कार्यदलमा मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य रहेका छन् ।

यसअघि संस्थापन पक्षले मनोमानी ढंगले सदस्यता थप गरेकोभन्दै तीन बुँदे माग राखेर वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरू चार दिनदेखि रिले अनशन र आन्दोलन गर्दै आएका थिए ।

शुक्रबार साँझ कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ४८ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्दा जिल्ला सभापतिकै नाम काटिएपछि अनशन र आन्दोलन झन् चर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV