१२ भाद्र २०७८, शनिबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री रहँदा केपी ओलीले पहिलो पटक गरेको संसद् विघटनलाई परास्त गरेपछि लड्डु खाए पनि घन हानेको थाहा नभएको खुलस्त पारेका छन् ।

शनिबार योङ कम्युनिष्ट लिग (वाइसिएल) नेपालको राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले पहिलोपटक गरेको संसद् विघटनलाई परास्त गर्न सफल भएपछि लड्डु खाएको तर, लड्डुको स्वाद नै जान नपाई घन हानेको पत्तै नपाएको बताए ।

उनले भने, ‘पहिलो संसद विघटनमा जितेपछि हामी ढुक्क भयौं । प्रतिगमन परास्त भयो भनेर माधवजी र मैले लड्डू खायौं । तर लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाइदियो । ड्याम्म घन हानेको थाहै पाइएन ।’

प्रतिगमनको खतरा अझैँ रहेको भन्दै जित्न लागेका बेला घन हान्ने गरिएको पनि अध्यक्ष प्रचण्डले बताएका छन् । जित पक्का हुन्छ भनेर ढुक्कसँग बस्दा प्रतिक्रान्तिले प्रहार गर्ने गरेको उनले सुनाए ।

अध्यक्ष ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको पनि प्रचण्डको भनाइ छ । उनका अनुसार ओलीको ठगीधन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको थियो ।

आफू जे बोलिन्छ त्यो गर्ने मान्छे तर, ओली प्रवृत्ति भने ठीक विपरीत रहेको पनि अध्यक्ष प्रचण्डले बताएका छन् । उनले भने, ‘हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगिधन्दाबारे थाहा पाइएन ।’

तर, अध्यक्ष प्रचण्डले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV