१२ भाद्र २०७८, शनिबार

काठमाडौं । सुनसरीको सामधुनी ५ झुम्कास्थित म्याजिक सिनेमा हलमा आगलागी भएको छ । शनिबार बिहान एक्कासी आगोलागी भएपछि स्थानीय र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणमा ल्याएका छन् ।

आगलागीबाट सिनेमा हल पूर्ण रुपमा नस्ट भएको छ । बिहान ८ बजे देखि लागेको आगो नियन्त्रणका लागि ६ वटा दमकलको प्रयोग गरिएको थियो । आगलागीबाट कति क्षति भयो भन्नेबारे यकिन विवरण आएको छैन।

प्रतिक्रिया दिनुहोस्

LIVE TV