१२ भाद्र २०७८, शनिबार

काठमाडौं । नवगठित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को कार्यकारिणी बैठक शनिबार बस्ने भएको छ । पार्टी गठन भएयताको दोस्रो बैठकमा संगठन निर्माणका बिषयमा छलफल केन्द्रीत हुने एक नेताले बताएका छन् ।

शनिबार १२ बजे बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने बैठकमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई निर्वाचन कार्यालयमा स्वघोषणा गराउने बारे निर्णय हुने बताइएको छ ।

त्यस्तैगरी पार्टीका विधानको घोषणा र नियमावलीबारे छलफल हुने बताइएको छ । सरकारले पार्टीको केन्द्रीय कमिटी र संसदमा २० प्रतिशत संख्या पुर्याए पार्टी विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएपछि महन्थ ठाकुरको अध्यक्षतामा (लोसपा) गठन भएको छ । लोसपालाई बुधबार निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेको थियो ।

पार्टी दर्ता भएपछि प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुले २१ दिनभित्र दुईमध्ये एक दल रोज्न पाउनेछन् । त्यसका लािग हाल लोसपाले विवरण तयारी गर्ने कामा गरिरहेको छ । उता निर्वाचन आयोगले पनि नवगठित लोसपा दर्ता भएको व्यहोरा संसद सचिवालयमा पठाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV