११ भाद्र २०७८, शुक्रबार

विराटनगर । प्रदेश नम्बर १ मा थप दुई मन्त्री नियुक्त गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार दुई मन्त्री नियुक्त गरेसँगै तीन सदस्यीय मन्त्रिमण्डल विस्तार भएको छ ।

ख्यमन्त्री आचार्यले दुई मन्त्री नियुक्त गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले ताप्लेजुङका बलबहादुर साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको सपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री आचार्य मन्त्रिपरिषद विस्तारको लागि विहानैदेखि आन्तरिक छलफलमा जुटेका थिए । विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका दुई जनालाई मन्त्रीमा सिफारिस गरेका छन् ।

साथै, प्रदेशमा अन्य मन्त्रीहरूको नियुक्ति पनि चाँडै हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV