११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मीले आफ्नो पदबाट राजीनामा दिएका छन् । रेग्मीले सरकारले गरिरहेको छानविनलाई सहयोग पुगोस् भनेर पदबाट राजीनामा दिएको बताएका छन् ।

केही समय अगाडि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदलले स्थलगत अध्ययनका क्रममा प्रतिष्ठानको आम्दानी घट्दै गएको निष्कर्ष निकालेको थियो ।

यसका साथै, प्रतिष्ठानको शैक्षिक स्तर क्रमश खस्कँदै गएको निष्कर्ष निकाल्दै पदाधिकारीलाई कारबाही गर्न सिफारिस पनि गरेको थियो । त्यसपछि गत साउन २८ गते अख्तियारको केन्द्रीय कार्यालय र इटहरी कार्यालयको टोलीले वीपी प्रतिष्ठानमा छापा मारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV