११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । नेपाल फर्किन काबुल विमानस्थलमा जम्मा भएका ४२ जना नेपाली नागरिकहरू सुरक्षित स्थानमा बसिरहेको जनाइएको छ ।

काबुलमा बिहीवार साँझ आत्मघाती विस्फोटन भएको थियो । उक्त विस्फोटन पछि उनीहरु सुरक्षित स्थानमा बसिरहेको अधिकारीहरूले बताएका छन्।

एक दुई दिनभित्रै ती नेपाली नागरिकहरूको समूहलाई स्वदेश फर्काउन विभिन्न स्तरमा कूटनीतिक पहल भइरहेको अधिकारीले जानकारी दिएका छन्।

हालसम्म अफगानिस्तानबाट उद्धार गरिएका करिब ८०० जना नेपाल फर्किएका छन्। सरकारी तथ्याङ्कअनुसार त्यहाँ झन्डै १५ सय नेपाली रहेको छ।

काबुल आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV