११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । अविरल वर्षातका कारणका पूर्व पश्चिम लोकमार्गको देवदह-७ शीतलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।

पक्की पुल भासिएपछि सडकको आवागमन ठप्प भएको छ । प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ ।]

कहि जान आवश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ । त्यस्तै बाढीका कारण रुपन्देहीका अधिकांश क्षेत्र डुवानमा परेको छ ।

देवदह, तिलोत्तमा, भैरहवा, तिलोत्तमा, मर्चवारी लगायतका ठाउँहरुमा डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV