११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । बेलायतले नेपाललाई कोभिड-१९ विरुद्धको एक लाख ३० हजार अष्ट्राजेनेका खोप प्रदान गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्विटमार्फत बेलायत सरकारले कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको जानकारी दिएका हुन् ।

मन्त्री श्रेष्ठले नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटमार्फत् बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले ट्वीटरमार्फत भनेका छन्, ‘बेलायत सरकारको सौजन्यमा १३०,००० मात्रा अष्ट्राजेनेका खोप प्राप्त भएको छ । सहयोगका लागि महामहिम राजदूत निकोला पोलिटमार्फत बेलायत सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’

राजदूत पोलिटले खोप बिहीबार काठमाडौं आइपुगेको बताएकी छन् । राजदूत पोलिटले बेलायतले यसअघि पनि महामारीसँग लड्न नेपाललाई भेन्टिलेटर, पीपीईलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको पनि बताएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV