११ भाद्र २०७८, शुक्रबार

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार केलियन एमबाप्पे रियल म्याड्रिड जाने निश्चित जस्तै भएको छ । ट्रान्सफरलाई लिएर सहमतिको नजिक पुगेको पिएसजीले जनाएको छ ।

एमबाप्पेका लागि रियल १ सय ७० मिलियन युरो प्रस्ताव गरेको छ । यसअघि रियलले १ सय ६० मिलियन प्रस्ताव गरेको थियो । एमबाप्पेले पिएसजीलाई आफूलाई क्लब छाड्न अनुमति दिन गरेको आग्रहले गरेका थिए ।

पीएसजीसँग एमबाप्पेको करार सम्झौता एक वर्ष बाँकी छ। उनी अर्को समरसम्म ‘फ्री एजेन्ट’ हुनेछन्। यदि पीएसजीले एमबाप्पेबाट केही रकम प्राप्त गर्ने हो भने, यही बेला उचित मुल्यमा बेच्नुपर्ने हुन्छ। यस सिजनको समर ट्रान्सफर अगस्ट ३१ मा सकिँदैछ।

पीएसजीको नयाँ प्रस्तावलाई एमबाप्पेले अस्वीकार गर्दै आएका छन्। पाँच सिजन पीएसजीमा विताएका एमबाप्पे मेस्सीको आगमनपछि त्यति खुशी छैनन् । त्यसैले रियलले पीएसजीको चित्त बुझाएमा एमबाप्लेलाई यसै सिजन रियल जाने बाटो खुल्नेछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV