११ भाद्र २०७८, शुक्रबार

एजेन्सी । ह्यारी केनको दुई गोल मद्दतमा टोटेनहम हटस्परले युरोपा कन्फ्रेन्स लिग (इसिएल) मा पाकोस डि फेरेइरालाई पराजित गरेको छ ।

गएराति टोटेनहमले घरेलु मैदानमा भएको दोस्रो लेगमा पाकोसलाई ३–० ले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्दै युरोपको क्लब फुटबलको नयाँ लिग इसिएलको समुह चरणमा स्थान पक्का गरेको हो ।

यो जितसँगै टोटेनहमले पहिलो लेगमा भोगेको हारको बदला लिन सफल भएको छ । पहिलो लेगमा टोटेनहम १–० ले पराजित भएको थियो ।

खेलको नवौं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । उनले ब्रायन गिलको पासमा गोल गरेका थिए । ३५ औं मिनेटमा केनले नै गोल गर्दै टोटेनहमको अग्रता दोब्बर पारे

७०औं मिनेटमा जियोभानी लो सेल्सोको गोल गर्दै टोटेनहमलाई ३–० को सहज जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV