११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त पदहरुमा पूर्तिका लागि बिज्ञापन खुला गरेको छ । शुक्रबार गोरखापत्रमा भर्ना सम्बन्धी सूचना जारी गर्दै सशस्त्र प्रहरी बलले जम्मा १,०९५ जनाको बिज्ञापन खुला गरेको छ ।

जसमा सशस्त्र प्रहरी निरीक्षक ७५, सशस्त्र प्रहरी सहायक निरीक्षक १३७ र जवानमा सबैभन्दा धेरै ७५५ जना माग गरिएको छ ।

त्यस्तैगरी सशस्त्र प्रहरी परिचरका लागि १२८ जनाको लागि बिज्ञापन खुला गरिएको छ । आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरुले आजैबाट असोज १० गते बेलुकी ५ बजेसम्म दरखास्त दिन सक्नेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस्

LIVE TV