११ भाद्र २०७८, शुक्रबार

नवलपरासी । पूर्व-पश्चिम राजमार्गअन्तरगत बुटवल-नारायणघाट सडक खण्डमा पर्ने नवलपरासीको सुनवल तुरीया खोला पुल भासिएको छ । निरन्तर वर्षाका कारण खाेलामा बाढी पसेर पुल भासिएकाे हाे । पुल भासिएपछि अहिले पूर्व-पश्चिम राजमार्ग पुर्णरुपमा अवरुद्ध छ ।

गएरातिदेखि भइरहेको निरन्तर वर्षाका कारण नवलपरासीकाे सदरकाम परासी बजार समेत पुरै डुबानमा परेको छ । पानी निरन्तर परिरहेकोले थप डुबान हुन सक्ने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV