११ भाद्र २०७८, शुक्रबार

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र सकिएका छ । युरोपियन फुटबल एसोसियसन (यूईएफए)ले बिहीबार राति नयाँ सिजनको लागि समूह चरणको समूह विभाजन सार्वजनिक गरेको हो ।

लिगको समूह चरणमा युरोपेली फुटबलका दुई ठूला टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) र म्यानचेस्टर सिटी एकै समुहमा परेका छन् । पिएसजी र सिटी समूह ‘ए’मा परेका छन् ।

त्यस्तै स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब वायर्न म्युनिख पनि एउटै समूहमा परेका छन् । बार्सिलोना र वार्यन समूह ‘ई’मा परेका छन् ।

यता साविक विजेता चेल्सी र इटालियन क्लब युभेन्ट्स एकै समूहमा परेका छन् । समूह ‘एच’ मा इटालियन क्लब युभेन्ट्ससहित जेनिट र माल्मो रहेका छन् ।

यस्तो छ च्याम्पियन्स लिग ड्र:

समूह ए : म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, लाइप्जिग, क्लब ब्रुग

समूह बी : एटलेटिको म्याड्रिड, लिभरपुल, पोर्टो, एसी मिलान

समूह सी : स्पोर्टिङ लिस्बन, बोरुसिया डर्टमुन्ड, आयाक्स, बेसिक्टास

समूह डी : इन्टर मिलान, रियल म्याड्रिड, शाख्तर डोनेस्क, शेरिफ

समूह ई : बायर्न म्युनिख, बार्सिलोना, बेन्फिका, डिनामो किएभ

समूह एफ : भिल्लारियल, म्यानचेस्टर युनाइटेड, एटलान्टा, योङ ब्वाइज

समूह जी : लिल, सेभिया, साल्ज्बर्ग, वल्फ्सबर्ग

समूह एच : चेल्सी, युभेन्टस, जेनिट, माल्मो

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV