१० भाद्र २०७८, बिहीबार

झापा । झापामा जारी खुकुलो निषेधाज्ञा पुनः १० दिनका लागि लम्बाइएको छ ।

जिल्ला प्रशासन कार्यालय झापामा बिहीबार बसेको कोभिड व्यवस्थापन समितिले (डीसीएमसी) को बैठकले भदौ २० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ ।

अब ती पसलहरू बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म खुलाउन पाउनेछ । होटेल, खाजा घर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहने समेत निर्णय गरेको छ ।

त्यस्तै कपडा, हार्डवेयर लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णयलाई नै निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV