१० भाद्र २०७८, बिहीबार

काठमाडौं । बरिष्ठ कलाकार हरिवंश आचार्य पछिल्लो समय गायन र अभिनयमा निकै सक्रिय रहेका छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलिको लेउ’ केही समय अगाडि सार्वजनिक भएको थियो ।

दर्शकको राम्रो साथ पाएको उक्त गीतपछि हरिवंशले अर्को गीत सार्वजनिक गरेका छन् । ‘ए कालु भेना’ बोलको गीतमा उनलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएका छन् । गीतमा हरिवश आचार्यको नै शब्द र संगीत रहेको छ।

गीतमा किरण तुलाधरको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ्ग रहेको छ । मौलिक अडियोको भिडियोलाई निर्देशक गम्भीर बिष्टले आकर्षक बनाएका छन् । हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेल भिडियोमा फिचर रहेका छन् ।

गाउघरको परिवेश र त्यहाको माहोललाई समेटेर गम्भीरले भिडियोको निर्देशन र कोरियोग्राफी निकै आकर्षक गरेका छन् । हरिवंशका गीत र भिडियोबाट अपेक्षित सन्देश भिडियोमा प्राप्त गर्न सकिन्छ ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई भुप्रेन्द्र अधिकारीले सम्पादन गरेका छन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट रिलिज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV