१० भाद्र २०७८, बिहीबार

एजेन्सी । म्याडग्यास्करमा चार वर्षदेखि वर्षा नभएको कारण संसारकै पहिलो भोकमरीको संघारमा पुगेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

त्यहाँका हजारौं मानिसहरू अहिले नै डरलाग्दो भोक र खाद्यान्न असुरक्षाबाट प्रभावित भएको बताइएको छ ।

बीबीसीका अनुसार यो चार दशकको सबैभन्दा नराम्रो सुक्खा हो। यसबाट देशको दक्षिणी भेगमा बस्ने खेतीपाती गर्ने समुदाय नराम्ररी प्रभावित भएका छन्। उनीहरू बाँच्नका लागि कीराफट्याङ्ग्रा खान बाध्य भएका छन्।

राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीकी शेली ठकरालका अनुसार जलवायु परिवर्तनका कारण त्यहाँ भोकमारी आएको हो ।

अहिले ३० हजार मानिसले पाँचौं तह अर्थात् सबैभन्दा नराम्रो तहको खाद्य असुरक्षा खेप्नुपरेको राष्ट्रसङ्घको आकलन छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV