१० भाद्र २०७८, बिहीबार

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चन फिल्मको सेटमा घाइते भएका छन् । अभिषेक बच्चन आफैले इन्स्टाग्राममा तस्वीर सेयर गर्दै आफूलाई चोट लागेको जानकारी दिएका हुन् । हात फ्र्याक्चर भएको कारण अभिषेक बच्चनले सर्जरी नै गर्नुपरेको छ ।

अभिषेक बच्चनले इन्स्टाग्राममा लेखेका छन्, ‘गत बुधबार चेन्नईमा नयाँ फिल्मको सुटिङको क्रममा सेटमा दुर्घटना भयो । मेरो दायाँ हात फ्र्याक्चर भयो, जसलाई फिक्स गर्नका लागि मैले सर्जरी नै गर्नुप-यो । सोही कारण मुम्बईस्थित आफ्नो घरको सानो ट्रिप गरे । सर्जरी गरेको छु ।’

उनले थप भनेका छन्, ‘सबै प्याचअप र कास्ट भइसकेको छ । अहिले पुनः काममा मुम्बई फर्किएको छु । मेरो बुबाले भन्नुहुन्छ ‘मर्दलाई दर्द हुदैन । ओके ओके ओके थोरै दर्द हुन्छ ।’ अभिषेकले सेयर गरेका तस्वीरमा उनको हात प्लास्टर गरिएको छ ।

अभिषेकको यस पोष्टमा बलिउड सेलेब्स तथा फ्यानहरुले म्यासेज गरिरहेका छन् । बबी देओल, श्वेता बच्चन, आनन्द आहुजा, शिकंदर खेर, रितेश देशमुख, मनीष मल्होत्रा, जोया अख्तर, करण जोहर, गौहर खान, वित्रान्त मैसीलगायतले जुनियर बच्चनको शीघ्रस्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV