१० भाद्र २०७८, बिहीबार

एजेन्सी । भारतमा एकजना सांसदले बलात्कार गरेको आरोप लगाएकी महिलाको मृत्यु भएको छ ।

महिलाले गत साता आफ्नो शरीरमा आगो लगाएकी थिइन् । बलात्कारको सिकार बनेकी २४ वर्षीया महिलाको मृत्युले भारतमा महिलालाई हुने अपमानजनक व्यवहारलाई फेरि एक पटक चर्चामा ल्याएको बीबीसीमा उल्लेख छ।

सांसदले बलात्कार गरेको भन्दै अगस्ट १६ मा महिला र उनका एक पुरुष साथीले सामाजिक सञ्जाल फेसबुकमा प्रत्यक्ष प्रसारण गर्दै आफैँलाई आगो लगाएका थिए।

आगोले जलेर गम्भीर घाउ भएका पुरुषको शनिवार र महिलाको मंगलवार साँझ मृत्यु भएको थियो। उनीहरुको मृत्यु अस्पताल पुर्‍याइएपछि भएको जनाइएको छ।

मृत्यु भएको उनहरु उत्तर प्रदेशबाट राजधानी दिल्ली आएका थिए । उक्त जोडीले सर्वोच्च अदालतबाहिर आफ्नो दुःखप्रति ध्यानाकृष्ट गर्न खोजेको कार्यले भारतलाई स्तब्ध तुल्याएको बताइएको छ।

बीबीसीका अनुसार ती महिलाले बहुजन समाज दलका लोकसभा सांसद अतुल राईले वाराणसीस्थित निवासमा बलात्कार गरेको आरोप लगाउँदै सन् २०१९ को मेमा प्रहरीमा जाहेरी दिएकी थिइन्।

आरोप अस्वीकार गरेका राईलाई एक महिनापछि गिरफ्तार गरियो। त्यसयता उनी हिरासतमा छन्।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV