१० भाद्र २०७८, बिहीबार

काठमाडौँ । अमेरिकामा व्यवसाय संगै अभिनयमा सक्रिय पुर्ण लम्साल र अभिनयमा पहिलोपटक डेब्यु गरेकी लक्ष्मी ओली फिचर्ड प्रेमिल शैलीको नयाँ म्युजिक भिडियो ‘भुलिदेउ’ सार्वजनिक भएको छ।

यस गीतमा स्वर संगीत गायक हिमाल सागरको रहेको छ भने शब्द रोहन पौडेल ‘जनक’को रहेको छ। गीतलाई महेश्वर मान राजभण्डारीले संगीत संयोजन गरेका हुन्।

अमेरिकामा नै सम्पूर्ण छायांकन भएको म्युजिक भिडियोमा शैलेश घलेको छायांकन र बिष्णु खड्काले सम्पादन रहेको छ। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। ‘पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV