१० भाद्र २०७८, बिहीबार

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। पार्टी औपचारिक रुपमा विभाजन भएको भोलिपल्ट च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बैठक सुरू भएको हो ।

एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा समाजवादी दर्ता भएपछि एमाले केन्द्रीय कमिटी बसेको हो । दुई दिनअघि तेस्रो धारका नेताहरुसहित बसेको स्थायी कमिटी बैठकले आजको बैठक तय गरेको थियो ।

बैठकमा पार्टी विभाजनपछिको परिस्थितिको समीक्षा, पार्टीको आगामी रणनीति र दल अदलबदललाई कसरी रोक्ने भन्ने विषयमा रणनीति बनाइने बताइको छ । त्यसैगरी संगठनात्मक विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीलाई आधिकारिकता दिएको थियो । माधव नेपाल नेतृत्वको समाजवादीलाई एमालेका ५५ केन्द्रीय सदस्य र ३० सांसदले सघाएका छन् ।​

तस्वीर : महेश्वर के.सी./न्युज २४ नेपाल

प्रतिक्रिया दिनुहोस्

LIVE TV