१० भाद्र २०७८, बिहीबार

काठमाडौं । जनवादी गायक जुठबहादुर खड्गी (जेवी) टुहुरेको निधन भएको छ । ७८ वर्षीय गायक टुहुरेको उपचारको क्रममा बिहीबार निधन भएको हो ।

मुटुरोग, मधुमेह र उच्च रक्तचापको समस्यामा रहेका गायक टुहुरेको मंगलबारबाट बयोधा अस्पतालमा उपचार भइरहेको थियो ।

टुहुरे माओवादी केन्द्रका तर्फबाट सांसदसमेत बनेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ । उनको ‘आमा दिदी बहिनी हो’ बोलको गीत लोकप्रिय छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV