१० भाद्र २०७८, बिहीबार

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको जन्मदिनमै नेकपा एमाले विभाजनले आधिकारिकता पाएको छ ।

बालकोटमा आफ्नो पत्नी राधिका शाक्यको जन्मदिनको पार्टीमा भव्य डान्स गर्दै गर्दाको बखत नेकपा (एकीकृत समाजवादी)ले दल दर्ताको आधिकारिकता पाएको हो ।

यतिबेला ओलीले पत्नी शाक्यको जन्मदिनको अवसरमा डान्स गरेको भिडियो सामाजिक संजालमा देखिएका छन् । बुधबार अध्यक्ष ओली पत्नी शाक्यको जन्मदिन आफ्नो निवास बालकोटमा मनाएका थिए ।

उक्त कार्यक्रममा ‘म त कति भाग्यमानी’ भन्ने बोलको गीतमा छमछमी नाचेको भिडियोमा देख्न सकिन्छ । उनले पत्नीको जन्मदिनको अवसरमा पार्टीका सिमित व्यक्तिहरुलाई मात्रै बोलाएका थिए ।

ओलीसँगै बिएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईँ पनि नाचेको भिडियोमा देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV