९ भाद्र २०७८, बुधबार

काठमाडौं । रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहको मोटरसाइकलमा लागू पदार्थ राखेर फसाएको हुन सक्ने आशंकमा रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहविरुद्ध छानबिन गर्न समिति गठन भएको छ ।

प्रहरी प्रधान कार्यालयका एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

समिति प्रहरी महानिरिक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीले गठन गरेका हुन् । एसएसपी महतको संयोजकत्वमा छानबिन समिति गठन भएसँगै एसपी शाह माथि अनुसन्धान सुरु हुने बताइएको छ ।

एसपी शाह भने बुधबार नै काठमाडौं आएको बताइएको छ । अनुसन्धानबाट फेला पारिएको तथ्य र प्रमाणका आधारमा एसपी शाहमाथि कडा कारवाही समितिले प्रतिवेदन बुझाएपछि हुनेछ ।

केही दिनअघि रौतहट एक्सप्रेसका सञ्चालक तथा पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीकै संलग्नतामा अन्य व्यक्तिले लागूपदार्थ राखेर पक्राउ गर्न लगाएको रहस्य खुलेको थियो ।

मोटरसाइकलमा लागूपदार्थ राखेको भन्ने विषयमा अनभिज्ञ पत्रकार मोजिबुल्लाह उक्त अभियोगमा कारारसमेत बसेका थिए । पछि मोटरसाइकलमा लागूऔषध ट्याबलेट राख्दै गरेको सीसीटीभी फुटेजमा बाहिरिएपछि उनी जेलमुक्त भएका थिए ।

गौरस्थित होटल ग्रिन सिग्नल मालिकले विज्ञापनका लागि बोलाएका थिए । मालिकको करबमोजिम होटलमा खाजा खान बस्द बाहिर पार्किङ गरेर राखिएको मोटरसाइकमा १ सय ५० पिस प्रतिबन्धित नाइट्रोभेट लागूऔषध बाँधेर नदेख्नेगरी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV