९ भाद्र २०७८, बुधबार

काठमाडौं । इण्डियन स्कुल अफ हस्पिटालिटीसंग रणनीतिक साझेदारी गर्दै सोम्मेट एजुकेसनको भारत प्रवेश गरेको छ ।

हस्पिटालिटी शिक्षामा आफ्नो अग्रणी संजाल विस्तार गर्ने अर्को पाइलाका रुपमा सोम्मेट एजुकेसन हस्पिटालिटी क्षेत्रका अनुभवी व्यक्तित्व दिलिप पुरी लगायत अन्य प्रमुख साझेदारद्वारा स्थापित इण्डियन स्कुल अफ हस्पिटालिटीका साथ रणनीतिक साझेदारीमा प्रवेश गरेको घोषणा गरिएको छ ।

यससँगै सोम्मेट एजुकेसन भारतमा रहेका आफ्ना दुई प्रतिष्ठित संस्थाहरु एकोल डुकास्से, कुलिनरी र पेस्ट्री कलाका लागि विश्वव्यापी शैक्षिक सन्दर्भ, र लेस रोचेस, विश्वका अग्रणी हस्पिटालिटी बिजिनेस स्कुलहरु मध्येको एकका विकासमा समर्थन गर्ने जनाइएको छ ।

सोम्मेट एजुकेसनका प्रमुख कार्यकारी अधिकृत बेनोइत एटिएन डोमेनगेटले भने “ सोम्मेट एजुकेसनले हस्पिटालिटी र पाककला शिक्षाको विश्वव्यापी अग्रणी संजाललाई आकार दिने र विकास गर्ने काम गर्दैछ । यस कार्यले हामीलाई त्यस्ता देशहरुमा उपस्थित हुन मार्गप्रसस्त गर्दैछ जुन देशहरुमा हस्पिटालिटी र सम्बन्धित क्षेत्रहरुको विकासले आर्थिक गतिशिलता कायम गर्न मुख्य भूमिका खेल्दछ ।”

हस्पिटालिटी र सेवाका क्षेत्रहरुको विस्तारका निम्ति भविष्यका नेतृत्वहरुको आवश्यकता पर्दछ जो भारत तथा बाहिरी मुलुकहरुमा विश्वव्यापी अवसर सदुपयोग गर्न तयार हुनेछन् ।

इण्डियन स्कुल अफ हस्पिटालिटीले गुरुग्राम (दिल्ली एनसीआर)मा देशकै उत्कृष्ट क्याम्पस संचालन गर्ने जनाइएको छ । यसलाई उद्योग तथा सम्बन्धित साझेदारहरुबाट होटल व्यवस्थापन र पाककलाका निम्ति सन्दर्भ विद्यालयका रुपमा लिने गरिएको बताइएको छ ।

आइएसएचले स्नातक र स्नातकोत्तर लेभलमा डिग्री, डिप्लोमा र प्रमाणपत्र कार्यक्रमहरुको आव्हान गरेको छ । यसले अब आफ्ना विद्यार्थीहरुलाई सेमेस्टरहरु बाहिर देशमा पढ्ने अवसर प्रदान गर्नका लागि भारतमा पढाइ सुरु गरेर संजालकै अन्य संस्थाहरुमा सम्पन्न गर्नेछ ।

यस्तै एमबीए लगायत नयाँ शैक्षिक कार्यक्रमहरु लेस, रोचेस, स्विजरल्याण्डमा भर्ना गर्न लगायत आफ्ना कार्यक्रमहरुको सूची पनि बलियो बनाउन सक्षम हुनेछ ।

आइएसएचका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप पुरीले भने, “हाम्रो सोच भनेको सधैं विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय पाठ्यक्रम र शिक्षाशास्त्र अनुसार उत्कृष्ट गुणस्तरको शिक्षा, विश्वस्तरीय प्रविधि र पूर्वाधारका साथै नामी प्राज्ञिक अध्यापक र शोधकर्ताहरु प्रदान गर्ने हो । सोम्मेट एजुकेसनसँगको सहकार्यले हामीलाई हामीले प्रदान गर्ने कुराका निम्ति बलियो बनाउँछ, हाम्रो उपस्थितिलाई भारतभरि मात्र नभएर छिमेकी देशहरुमा समेत विस्तार गर्न मद्दत गर्दछ, र आठ देशका अठार क्याम्पस र साठी हजार प्रभावशाली पुर्व विद्यार्थी भएको सोम्मेटको प्रतिष्ठित संजालको एउटा हिस्सा बनाउँछ । हामी होटल व्यवस्थापन र पाककला शिक्षाका विश्वका दुई उत्कृष्ट ब्राण्डहरु भारतमा ल्याएर होटल उद्योगका आवश्यकताहरु पुरा गर्न अझ धेरै सक्षम हुनेछौँ ।

सोम्मेट एजुकेसन र इण्डियन स्कुल अफ हस्पिटालिटी एकसाथ दुई ब्राण्डहरुको सशक्त विकास चाहन्छन् । यस गठबन्धन संगै, एकोल डुकास्सेले युवा विद्यार्थी र व्यवसायीहरु लक्षित कुलिनरी तथा पेस्ट्री कार्यक्रमहरु संचालन गर्नेछ । यसले भारतमा एकोल डुकास्सेको पदार्पण हुनेछ र यी दुई साझेदारहरुले यस क्षेत्रमा आउँदा तीन वर्षमा कुलिनरी स्कुलहरुको संजाल विकास गर्नेछन् ।

अगाडि, १९५४ मा स्थापित स्विस संस्था लेस रोचेस जसका क्याम्पसहरु स्विजरल्याण्ड, स्पेन र चिनमा पनि छन्, यसले आइएसएचका स्नातक र स्नातकोत्तर कार्यक्रमहरुलाई सम्बृद्ध गर्ने जनाइएको छ ।

प्राज्ञिक र शोध अनुसन्धानको आदान प्रदान र कार्यशालाका साथमा दर्पण पाठ्यक्रमहरुको तालमेलले गर्दा विद्यार्थीहरुले सेमेस्टरहरु बाहिरी देशमा पढ्न सक्नेछन् र विभिन्न मार्गबाट स्नातक र स्नातकोत्तर कार्यक्रमभित्र रहेर लेस रोचेस संजालका संस्थाहरुमा पढ्न सक्ने छन् ।

विद्यार्थीहरुका लागि क्रांस मोंताना स्विजरल्याण्ड, मर्बेल्ला स्पेन र संघाई, चिनमा अवस्थित लेस रोचेस क्याम्पसहरुमा पढ्ने अवसर प्रदान गरिनेछ । आइएसएचका स्नातकोत्तर विद्यार्थीहरुले लेस रोचेस क्याम्पस स्विजरल्याण्डमा एमबीए र स्पेनमा मास्टर्स डिग्री पनि हासिल गर्न सक्ने छन् । यो गठबन्धनसँग तीन वर्षभित्रमा अर्को क्याम्पस खोल्दै यस क्षेत्रमा अरु बिस्तार गर्दै जाने योजना रहेको छ ।

सोम्मेट एजुकेसनमा प्रमुख कार्यकारी अधिकृत बेनोइत(एतिएन डोमेनगेटले भने, “हामी आइएसएचलाई विश्वस्तरीय हस्पिटालिटी शिक्षा संस्थानहरुको सोम्मेट परिवारको सदस्यका रुपमा स्वागत गर्न पाउँदा अधिक खुशी छौँ । यो साथले हामी उद्योगका विशेषज्ञ र दक्ष प्रतिभाहरुको मागलाई सम्बोधन गर्न अझ सक्षम हुनेछौं । भारत र छिमेकी देशका होटल व्यवस्थापन र पाककलाका आकांक्षीहरु अब हाम्रो संयुक्त ज्ञान र दक्षताले लाभान्वित हुँदै अन्तर्राष्ट्रिय बजारमा करिअरका अवसरहरु खोज्न सक्नेछन् । यस विकासले भारतीय विद्यार्थीहरुका लागि दुई विश्वविख्यात ब्राण्डहरु इकोल दुकास्से र लेस रोचेसलाई घर नजिकै ल्याइदिएको छ ।”

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV