९ भाद्र २०७८, बुधबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको विवाद समाधानका लागि प्रतिवेदन बुझाएको छ ।

परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “विवाद समाधान छानविन समिति” ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको वर्तमान अवस्थामा संघ भित्र भएको विवाद समाधानका लागि छानविन समिति गठन गत साउन १९ गते निर्णया भएको थियो । उक्त निर्णयनुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिक, कानुन शाखाका प्रमुख नारायण राज अर्याल र सचिवमा संघ संस्था सवन्वय शाखाका प्रमुख सरोज पोखरेल गरी ७ सदस्य “ विवाद समाधान छानविन समिति” गठन गरेको थियो ।

परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले उक्त समितिलाई सत्य तथ्य सहित ७ दिन भित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएको थियो ।

प्रतिवेदन बुझ्दै सदस्य सचिव सिलवालले प्रतिवेदनको बिस्तृत अध्ययन पश्चातमात्र यथार्थ स्थितीका बारेमा बताउन सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV