९ भाद्र २०७८, बुधबार

काठमाडौं । सरकारले तोकेबमोजिम घरजग्गा/सम्पत्ति कर नतिर्नेहरुलाई कर तिराउन काठमाडौं महानगरपालिकाले नयाँ जुक्ति निकालेको छ । कर तिर्न आनाकानी र ढिलासुस्ती भएको पाइएपछि बुधबार एक हप्ते सूचना जारी गर्दै कर नतिर्नेको घर–घरमा नेवारी पोशाकसहित पञ्चेबाजा बजाएर महानगर पुगेको छ ।

सम्पत्ति कर नतिर्नेहरुलाई कर तिर्न एक हप्ताको समय निर्धारण गर्दै कर नतिर्नेको घर आँगन तथा कार्यालयमा सूचना टाँसेको पनि छ ।

आज बुधबार महानगरपालिका न्युरोडस्थित केशा प्लाजामा पञ्चेबाजा प्रवेश गरेर सम्पत्ति कर नतिरेको भन्दै सूचना टाँस गरेको छ । सूचनामा अबको हप्ता दिनभित्र कर नतिरे २०७५ को ऐनको दफा १२ बमाजिम कारवाही गरिने भनिएको छ ।

यस अवधिमा कर नतिरे महानगरपालिकाले पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने चेतावनी पनि सूचना दिएको छ ।

साउन २४ गते नै एक महिनाभित्र कर तिर्न सूचना प्रकाशन गरिए पनि अटेर गरिएपछि महानगरले यस्तो एक्सन चाल्नुपरेको सूचनामा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV