९ भाद्र २०७८, बुधबार

काठमाडौँ । दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘बजाज खुसी को ३ डोज’ अफर सार्वजनिक गरेको छ ।

विगतमा  जस्तै बजाजले कोभिड- १९ महामारीको समयमा पनि ग्राहकहरुमाझ खुसी बाँड्न आवश्यकताअनुरुपका योजनाहरु ल्याएको छ । दशैँ-तिहारजस्ता चाडको समयमा, बजाजले उपभोक्ताहरुलाई आफ्नो विशेषाधिकारको आनन्द उठाउने, खुसीका साथ उत्सव मनाउने र ग्राहहरुको सुरक्षाको ग्यारेन्टीको समेत सुनिश्चितता गर्ने खालकाे याेजना अघि सारेकाे हाे ।

यसपालीकाे दशैँको अवसरमा बजाजले बजारमा ‘बजाज खुसी को ३ डोज’ याेजना ल्याएको हो । ग्राहकहरुले यस अफरअन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बेला र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले रु १० हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन् । त्यस बाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीदको दौरानमा रु १ लाखसम्मको नगद मूल्य प्राप्त गर्न सक्छन् । र, बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि रु १० लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्दछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भन्नुभयो, ‘बजाजले सदैव आवश्यकताअनुरुप ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ । बजाजले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरुलाई दोहोरो खुशी दिने प्रयासस्वरूप बजाज खुसी को ३ डोज अफर प्रस्तुत गरेको हो । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस अफरबाट निकै खुसी हुनेछन् ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV