९ भाद्र २०७८, बुधबार

काठमाडौं । पुराना कम्युनिस्ट नेता प्रदीप नेपाल प्रस्तावित नेकपा (एकीकृत समाजवादी) मा खुल्नु भएको छ । दल दर्ताका लागि आफ्नो हस्ताक्षर सनाखत गर्न नेपाल मंगलबार बिहान निर्वाचन आयोग पुग्नु भएको हो ।

माधव नेपालको नेतृत्वमा नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा दिएको निवेदनमा नेता नेपालको नाम भए पनि उहाँको हस्ताक्षर थिएन । सुरुवातमा आफू विभाजनको पक्षमा नरहेको बताउँदै आउनु भएको थियो ।

२ भदौमा नेपाल समूहले दल दर्ताका लागि निवेदन दिँदा नेता नेपालको पनि नाम थियो । तर ओली पक्षका नेताहरुले प्रदीप नेपालले एमाले नछाडेको बताएका थिए । केही समयअघि नेता नेपालले आफू माधव नेपालको मान्छे भएको, तर ६ वर्षदेखि कमिटीविहीन भएको बताउनु भएको थियो ।

यसैबीच, नेकपा एकीकृत समाजवादीका नेताहरुको सनाखत सुरु भएको छ । चन्द्रागिरिमा दुई दिनसम्म छलफल गरेका सो पक्षका नेताहरु त्यहाँबाट सिधै आयोग पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV