९ भाद्र २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बसेको छ । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बिहान बैठक बसेको हो।

बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, डा शेखर कोइराला, बलबहादुर केसी, डा मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडुलगायत उपस्थित छन् । उनीहरुबीच महाधिवेशन केन्द्रित छलफल भएको बताइएको छ ।

पौडेल समूहमा सभापतिका आकांक्षीको संख्या धेरै भएपछि सहमति जुटाउन नेताहरु निरन्तर छलफलम छन् । दुई दिनअघि पौडेल पक्षले बत्तिसपुतलीमा छलफल गरेर आफ्ना तर्फबाट भदौ १८ अघि नै सभापतिको उम्मेदवार चयन गरेर देशभर एकताको सन्देश दिने समझदारीसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV