९ भाद्र २०७८, बुधबार

काठमाडौं । पत्रकारलाई फसाउन खोज्दा नांगिने डरले रौतहट प्रहरीले पत्रकारलाई नै हतियार बनाएर एउटा मुद्दा ढिसमिस पार्न खोजेको छ । पत्रकारको मोटरसाइकलमा लागूऔषध राखिदिएर फसाउन खोज्दा सीसीटीभीले सबै कतुर्त पर्दाफास गरेपछि रौतहट प्रहरी यतिखेर ‘फेस सेभिङ’का लागि विभिन्न हर्कत समेत गर्न थालेको छ ।

फसाइएका पत्रकार र उनका सहयोगीलाई छाडेर फसाउँने अभियानमा लागेका दुई घुमुवा प्रहरीलाई कारवाही गरेको नाटक गरिएको यो घटनामा प्रहरीले योजनाकारकोरुपमा भने एक पत्रकारलाई नै अघि सारेको छ । जो अहिले फरार छन । रौतहटका पत्रकारले यो घटनालाई थप गम्भीरताका साथ लिदै उच्चस्तरीय छानविनको माग गरेको छ । यस्तै नेपाल पत्रकार महासंघ रौतहट शाखाले घटनाको मुख्य दोषी रौतहट प्रहरी प्रमुख नै भएको आंशका समेत गरेको छ ।

पत्रकार मोहम्मद मोजिबुल्लाह यसरी भए रिहा

प्रहरीकै मिलोमतोमा लागू औषधसहित पक्राउ परेका रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाह सोमबार रिहा भएका छन् । उनीसँगै पक्राउ परेका अर्का शेख गुलाब भन्ने शेख अतिउल्लाहलाईसँगै रिहा भएका छन् । उनीहरुलाई मोटरसाइकलमा प्रहरीका घुमुवा र स्थानीय युवा मिलेर लागूऔषध राखेर फसाएको सीसीटीभी फुटेज सार्वजनिक भएपछि सोमबार सरकारी वकिलको कार्यालयमार्फत जमानी हाजिरीमा उनीहरु रिहा भएका हुन ।

घटनामा संलग्न दुई घुमुवा प्रहरी कारवाहीमा

प्रहरीले निर्दोष पत्रकारको मोटरसाइकलमा लागू औषध राखेर फसाउन खोज्ने दुई जना प्रहरी भने निलम्वनमा परेका छन् । घटनामा संलग्न देखिएका प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साह कानुलाई निलम्बन गरी थप अुनसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार सो घटनाका मुख्य योजनकार भने संजय सहनी रहेका छन् ।

पत्रकार समेत रहेका सहनीले धिरज यादव र जितेश कुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढने मोटरसाइकलमा लागू औषध राख्न लगाएको प्रहरीको दावी छ ।

यता नेपाल पत्रकार महासंघ रौतहट शाखाले भने रौतहट प्रहरीको अनुसन्धान फितलो भएको भन्दै उच्च स्तरिय छानविन आयोगको माग गरेको छ ।

रहस्य यसरी खुल्दैछ

यसै बीच सोमबारनै प्रहरीले मुख्य आरोपितको रुपमा पेश गरेका पत्रकार सहनी र प्रहरी उपरीक्षक शाह बीचको अडियो रेकर्ड बाहिरिएको छ । सो अडियो रेर्कडमा पत्रकार सहनी र प्रहरी उपरिक्षक शाह बीच काम भइसकेपछि काम भयो है भन्दै एक आपसमा बधाइ साटासाट गरिएको छ ।

पत्रकारलाई योजनाकार बनायो प्रहरीले

प्रहरीले घटनाको मुख्य योजनाकारकोरुपमा नेपाल पत्रकार महासंघका रौतहट शाखाका सहसचिव संजय सहनीलाई देखाएर अन्य धेरैलाई उन्मुक्ति दिन खोजेको आरोप पनि पत्रकार महासंघको छ ।

संजय सहनीले भनेर मात्र प्रहरीले यस्तो कार्य गर्ने नसक्ने अनुमान धेरैले गरेका छ्न । यो घटनामा जिल्लाको प्रहरी नेतृत्वको पनि आदेश हुने भन्दै सबैलाई छानविनको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV