९ भाद्र २०७८, बुधबार

काठमाडौँ । ‘क्याट क्यान डु बट मेन नट क्यान डु इन काठमाण्डु’ अर्थात् बिरालोले आफ्नो फोहोर लुकाउन सक्छ तर काठमााडौंवासीले सक्दैनन् । एक चर्चित विदेशी लेखकले ५ दशकअघि आफ्नो काठमाडौँ संस्मरणमा लेखेको यो व्यंग्यात्मक हरफलाई लिएर एक समय ठूलो चर्चा भयो । तर ५० बर्षअघि उनले देखेको काठमाडौंको समस्या अहिले पनि जस्ताको तस्तै छ । ती लेखकले काठमाडौैमा देखेको एउटा विकृत पक्षलाई सुझावका लागि आफ्नो काठमाडौं संस्मरणमा समेटे तर त्यसलाई गम्भीररुपमा लिने बुद्धिमता कुनै शासकको दिमागमा परेन ।

जे होस्, काठमाडौं पनि चर्चा आयो भन्दै त्यसबेलाका अगुवाहरुले गम्भीरताका साथ नलिदा अहिले पनि काठमाडौंलाई उही विरालोको बुद्धिसंग जोडेर हेर्ने चलन ज्यूँका त्यूँ छ । काठमाडौ उपत्यकामा अहिले हरेक दिन १२ सय टन फोहोर उत्पादन हुन्छ । तर त्यस्को सही व्यवस्थापनमा बारम्बार समस्या आउने गर्नाले हरेक मौसममा काठमाडौंवासीले नाक थुनेर हिडनु पर्ने बाध्यता छ ।

देशको संघीय राजधानीलाई नसुहाउने यही व्यवहार बोकेर काठमाडौै बाँच्न विवश छ । विगत दुई सातादेखि काठमाडौं उपत्यकाको फोहोर उठन सकेको छैन ।

उता फोहोर व्यवस्थापन गरिदै आएको सिसडोलवासीले सडक विग्रिएको तर मर्मत नगरेका भन्दै फोहोर फ्याक्न दिएका छैनन् । त्यसमाथि सडक विग्रेको कारण फोहोर बोकेका ट्रिपरलाई सडक पार गर्न घन्टौ कुर्नु पर्ने समस्या छ । यसबीचमा कुनै ठोस पहल कतैबाट भएको छैन । जस्को कारण काठमाडौंको फोहोर अझ थुप्रने अवस्था देखिएको छ ।

सिसडोलमा सडकको अवस्था हेरिनसक्नु

एक पटक होइन बारम्बार दोहोरिने समस्या हो काठमाडौंको फोहोरको व्यवस्थापन । धुँवा र धुलोले अंगालो हालिरहने काठमाडौंलाई फोहोरको समस्याले पनि हम्मेसी छाड्दैन । दुई सातादेखि फोहोर नउठ्दा कोरोनाले छोप्दै लगेको काठमाडौंलाई फोहोरको समस्याले पनि उसरी नै छोप्दै लगेको छ । फोहोर फ्यालिदै आएको सिसडोलको सडकको अवस्था हेरिनसक्नु छ । तर सडक विग्रदा पनि काठमाडौं महागनरपालिकाले ध्यान नदिएको भन्दै स्थानीयवासी विरोधमा उत्रिएका छन् । उनीहरुले सडक नबनाई फोहोर फ्याल्न नदिने अडान लिदै आएका छन् ।

फोहोर फ्याल्न तीन दिन पालो कुर्नुपर्छ

सडक विग्रिएर हेरिनसक्नु हुँदा फोहोर बोकेर काठमाडौंबाट सिसडोल पुगेका ट्रिपरलाई पनि तीन दिन पालो कुनुपर्ने अवस्था छ । फोहोरकै लेदोमाथि माटो हालेर बाटो बनाउँदा सडकको यो हविगत भएको हो । महानगरपालिकाले समस्या समाधान गरिदिदा समस्यामाथि समस्या थपिएको र सडकमा गाडी रोकेर बसेको भन्दै स्थानीयवासीले समय समयमा आक्रमण गर्ने गरेको गुनासो पनि चालकहरुको छ ।

महानगरका स्काभेटर चालकहरुको मनपरी

काठमाडौै महानगरपालिकाले सडक विग्रिए मर्मत गरिदिन भनेर दुई वटा डोजर र दुईवटा स्काभेटरको व्यवस्था समेत सिसडोलमा गरिदिएको छ । तर यस्का चालकहरु मन परे जाने नभए नजाने गर्नाले थप समस्या आएको हो ।

तर स्थानीयवासीले भने काठमाडौं महागरपालिकाको हेपाहा प्रवृति नै मुख्य कारक बनेको आरोप लगाउछन् । सहमति र सम्झौता गर्ने तर कुनै पनि सहमति कार्यान्वयन नगर्ने गरेको कारण नै सिसडोलवासी बारम्बार विरोधमा उत्रनु परेको उनीहरुको गुनासो छ । जस्को कारण विरोधमा उत्रदा ८० बर्षीया वृद्धवृद्धाहरुले समेत प्रहरीको लाठी खानु परेको छ ।

बडादशैं आउँदैछ, कुरा यस्मा पनि अल्झिँदैछ

विस्तारै मुलुक महान चाड बडादशैंतर्फ प्रवेश गर्दैछ । यसपटक यतिखेर सडकको हालतलाई देखाएर फोहोर फ्याल्न अवरोध गर्नुको मुख्य कारण पनि धेरैले यही बडादशैंलाई जोडेर हेर्न थालेका छन् । फोहोर व्यवस्थापनलाई मागीखाने भाँडो बनाउँदै आएका केही स्थानीय जनप्रतिनिधिहरु स्थानीयवासीलाई अघि सारेर आफुहरु भने मोबाइल समेत अफ गरेर बस्ने गरेका गुनासो सिसडोलमा नै व्यापक बनेको छ । जनप्रतिनिधिको यही रबैयाले पनि फोहोर व्यवस्थापनलाई लिएर दिगो समाधान हुन नसकेको आरोप लगाउने स्थानीयवासी पनि प्रशस्त छन् ।

दैनिक १९ पालिकाका १४ सय टन फोहोर

मुख्यरुपमा काठमाडौं महानगरपालिकाको जिम्मेवारी भित्र परेको यो समस्याको समाधानका लागि अब उपत्यकासहित अन्य जिल्लाका पालिकाहरु पनि सक्रिय बन्नु पर्ने अवस्था आएको छ । सिसडोलमा काठमाडौं उपत्यका ३ जिल्लासहित काभ्रेको बनेपा, धुलिखेलसम्मका गरी १९ वटा नगरपालिकाको दैनिक १४ सय मेट्रिकटन भन्दा बढी फोहोर खसाल्ने गरेका छन् । तर उनीहरुले सिसडोलको समस्या समाधानमा कुनै चासो देखाउने गरेका छैनन् ।

काठमाडौैमा थुप्रिने फोहोर उपत्यकावासी सबैका लागि समस्याको डंगुर हो । कोरोना महामारीसंग जुझिरहेका उपत्यकावासी फोहोरले निम्त्याउने समस्या पनि थपिए त्यस्ले विकराल रुप लिने तर्फ गम्भीर बन्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV