८ भाद्र २०७८, मंगलवार

काठमाडौं । प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले गण्डकी प्रदेशलाई करिब ८० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक स्वाती थापाले गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपाली पोख्रेलमार्फत स्वास्थ तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिष्ठानले अमेरिकाको प्रोजेक्ट होपको सहयोगमा प्राप्त माक्स, पीपीई, पन्जा, डिजिटल थर्मोमिटर, आइसोलेसन गाउनलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

कार्यक्रममा गण्डकीका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारको ध्यान कोरोना महामारी नियन्त्रण र रोकथाम गरि जनताको जिवन रक्षामा रहेको बताए । उनले प्रतिष्ठानले प्रदान गरेको सहयोगले कोरोना नियन्त्रणमा मद्धत पुग्ने जिकिर गरे ।

त्यस्तै प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक थापाले मुलुकभर नै कोरोना नियन्त्रणका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

सामाजिक गतिविधिमा लामो समयदेखि क्रियासिल गैर नाफामुलक सामाजिक संस्था प्रतिमान नीमा स्मृति प्रतिष्ठानले विगतदेखि शिक्षा, स्वास्थ्य, बातवरण, जनचेतना, प्रशिक्षण लगाएतका कार्यहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV