८ भाद्र २०७८, मंगलवार

काठमाडौं । थरुहट, थारुवान विद्रोहको तेस्रो चरणको अभियान सफल पार्न भन्दै थरुहट, थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले विरोध सभा गरेको छ । मंगलबार समितिले काठमाडौंको बसन्तपुरमा विरोध सभा गरेको हो ।

सभामा थारु संस्कृति झल्कने नृत्य र नाटकसमेत प्रदर्शन गरिएको थियो । उक्त विरोध सभामा सहभागीहरुले सांसद रेशम चौधरीको रिहाइ गर्न, गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, टीकापुर घटनामा दोषी ठहर भइ जेलमा रहेकाहरुलाई रिहाइको मागसहितका नारा लेखिएको प्लेकार्ड प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा नागरिक आन्दोलनका अगुवाका साथै अन्य आदीवासी समुदायको पनि सहभागी थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV