८ भाद्र २०७८, मंगलवार

काठमाडौं । अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति विरोध जनाएको छ । काठमाडौंको रत्नराज्यलक्ष्मी क्याम्पसअघि क्रान्तिकारीका विद्यार्थीले विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सरकार फेरिए-जनजीविका फेरिएन, दलाल संसदीय व्यवस्था-मुर्दावाद, वैज्ञानिक समाजवाद स्थापना गरौंलगायतका नारा लगाएका थिए ।

सोमबार (हिजो) मात्रै निगमले पेट्रोल, डिजेल, मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र एलपीजी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV