८ भाद्र २०७८, मंगलवार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिने तयारी गरेका छन् ।कार्यकाल करिब ३ महिना बाँकी रहँदै मंगलबार पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिन लागेका हुन् ।

सेयर जारी नै नभई आफ्नी श्रीमतिको नाममा सर्वाेत्तम सिमेन्टको सेयर किनेपछि विवादित बनेका थिए, सीईओ साउद । त्यसपछि अर्थ मन्त्रालयले यस विषयमा उनलाई स्पष्टीकरण सोधेको थियो ।

संसदको अर्थ समितिले साउदलाई निलम्बन गरी कारवाही गर्न अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गरेको थियो ।

यहीँबीचमा पत्रकार सम्मेलन गरेर केहीबेरमा साउदले पदबाट राजीनामा दिन लागेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV