८ भाद्र २०७८, मंगलवार
  • बाल बिक्रम कार्की,

रौतहट । पूर्वमन्त्री प्रभु साहले आफूहरु एमालेमा आएको नभई त्यो बेलाको नेकपाको नेकपा एमाले र माओवादीको हिस्सा एक ठाउँमा एकीकृत भएको बताएका छन् । संसदीय विकास कोषबाट रौतहटको गुजरा नगरपालिका–३ मा निमार्णाधीन प्रवेशद्धार निरीक्षणको क्रममा गृह जिल्ला आएका साहले आफूहरु माओवादी छाडेर एमालेमा आएको भनेर नबुझ्न सबैमा आग्रह गरे ।

‘हामीहरु एमालेमा आएका भन्ने कुरा होइन’, उनले भने ‘माओवादीको एक टिम र एमालेको एक टिम मिलेर नेकपा बनेको हो । माओवादी छाडेर एमालेमा आएको भन्ने कुरा होइन । हामीहरु नेकपा हौ ।’

साहले शेर बहादुर देउवाको गठबन्धन नेतृत्वको सरकारले देशमा अस्थिरता निम्त्याउनकै लागि काम गरिरहेको आरोप लगाएका छन् । सरकारले सत्ताको दम्भमा राज्य आतंक मच्चाइरहेको भन्दै निर्वाचनले मुलुकलाई निकास दिने भएतापनि निर्वाचन नभएपछि फेरि देशमा अस्थिरता, लुटतन्त्र र भष्ट्रचार मौलाएको साहको भनाइ छ ।

उनले सरकार बनेदेखिनै जनतामा सरकारी आतंक बढिरहेको उल्लेख गर्दै काँग्रेसी गठबन्धनको सरकारले जनतालाई तर्साउने, आतंकित गर्ने क्रियाकलापहरु गरिरहेको र त्यसलाई रोक्न माग गरे । सो प्रवेशद्धारसँगै धन्सार–जंगलसैया–कटहरिया सडक पनि रणनैतिक सडक अन्र्तगत चाँडैनै कालोपत्रे हुने साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV