८ भाद्र २०७८, मंगलवार

काठमाडौं । ड्याट्सनले “डाट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको छ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले चाडपर्वको अवसर पारेर नेपाली बजारमा “ड्याट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको हो ।

कार खरिद गर्ने व्यक्तिहरुका लागि ‘चाडपर्व एक सुवर्ण मौका पनि हो’, भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको पर्व दसैंको अवसरमा यो आकर्षक योजना प्रस्तुत गरेको हो ।

यस योजनामा ग्राहकलाई कूल रु. २०४१५२ बराबरको विशेष सुविधा, रु. १२५००० नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई रु. २७९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने छ । साथै १ वर्षको वीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको र यस योजना नेपाल अधिराज्यभर रहेका ड्याट्सन सोरुमहरुमा लागू हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV