८ भाद्र २०७८, मंगलवार

काठमाडौं । अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खानले बलिउडमा डेब्यू गर्ने तयारी गरिरहेका छन् । लाइमलाइटबाट टाढै रहने इब्राहिम खानले चाँडै नै करण जोहरको फिल्म ‘राँकी एण्ड रानीकी प्रेम कहानी’मार्फत् बलिउडमा डेब्यू गर्न लागेका हुन् ।

त्यसोत यस अगाडि पनि करण जोहरले कयौं स्टारकिड्सलाई बलिउडमा लञ्च गरिसकेका छन् । सोही लिष्टमा इब्राहिम खानको पनि नाम सामेल हुने भएको छ । एक वेबसाइटको रिपोर्ट अनुसार फिल्म निर्माता एवं निर्देशक करण जोहरले पनि म्यासेजमार्फत् यसबारे कन्फर्म गरिसकेका छन् ।

सोही वेबसाइटको एक सुत्रका अनुसार इब्राहिम खानको बलिउड डेब्यूको खबर सार्वजनिक गरेका छन् । सुत्रले भनेका छन्, ‘इब्राहिमका प्यारेन्ट्स अमृता, सैफ र करिना तीनै जना करण जोहरका निकै क्लोज छन् । अमृता र सैफ (इब्राहिमका प्यारेन्ट्स)ले छोरा इब्राहिमलाई क्यामेरा फेस गर्नु भन्दा पहिले फिल्ममेकिङ सिकाउन चाहन्थे, तब उनीहरुले करण जोहरलाई नै सम्पर्क गरेका थिए । उनको फिल्म पनि अहिले आउन लागेको छ ।’

फिल्म ‘राँकी और रानीकी प्रेम कहानी’लाई करण जोहरले निर्देशन गरिरहेका छन् । यो फिल्ममा अभिनेत्री आलिया भट्ट र रणवीर कपूर मुख्य भूमिकामा रहेका छन् । साथै यस फिल्ममा धर्मेन्द्र, शबना आजमी र जया बच्चन पनि मुख्य भूमिकामा रहनेछन् ।

त्यसोत, केही समय अगागडि मात्रै पनि अभिनेत्री सारा अली खानले पनि आफ्नो भाई इब्राहिमको करियर च्वाइसको बारेमा कुरा गरेकी थिइन् ।

उनले भनेकी थिइन्, ‘मेरो भाई एक्टर बन्न चाहन्छन् । एक्टर बन्ने सपना देख्नु सजिलो छ तर, साकार गर्नु निकै मुस्किल छ । मलाई लाग्छ इब्राहिममा ट्यालेन्ट छ । एक पटक इब्राहिमले म र आमाको लागि एक मोनोलग इनेक्ट गरेका थिए । त्यतिबेला मैले उनको आँखा हेरेको हेरै भएकी थिए । उनले अहिले सबै कुरा सिकिरहेका छन् ।’

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV