८ भाद्र २०७८, मंगलवार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् ।

क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न माग गर्दै उनीहरुले आज (मंगलबार) बिहान पार्टीको केन्द्रीय कार्यालय, सानेपामा धर्ना दिएका हुन् । लामै समय विवाद भएको क्रियाशील सदस्यहरुको नामावली बल्लतल्ल टुंगो लागेको छ । सो नामावली पार्टीको वेबसाइटबाट सार्वजनिक गरिनुपर्ने लगायत मागहरु राखेर आज २ घण्टा धर्ना दिइएको बताइएको छ ।

स्रोतका अनुसार यसरी धर्ना दिनेमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरु रहेका छन् । उनीहरुले क्रियाशील सदस्यहरुको नाममा धाधली भएको हुनसक्ने आशंका गर्दै नामावली सार्वजनिक गर्न माग गरेका हुन् । यसका साथै महाधिवेशन प्रतिनिधि नै जिल्ला सभापति उठ्न पाउने विधानमा उल्लिखित व्यवस्था लागू गरिनुपर्ने माग समेत राखेका छन् । माग पूरा नभए निरन्तर धर्ना जारी राख्ने उनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV