७ भाद्र २०७८, सोमबार

काठमाडौं । सदियौँदेखि नेवार समुदायले मात्र मनाउँदै आएको गाइजात्रा यस वर्षदेखि अन्य समुदायले पनि मनाउन थालेका छन् । सोमबार बसन्तपुरमा नेवार समुदायबाहेक अन्य समुदायले पनि धुमधामका साथ गाइजात्रा मनाएका छन् ।

स्थायी घर रौतहट भई हाल काठमाडौंमा बस्दै आएका युवा व्यवसायी नवराज कोइरालाका अनुसार समग्र हिन्दूवासीहरुको चाँड मिल्दो जुल्दो भएकाले यसवर्षदेखि नेवार समुदायभन्दा अन्य समुदायले पनि गाइजात्रा मनाउन थालेको छ ।

सोमबार बसन्तपुरको गाइजात्रामा नेवार समुदायभन्दा अन्य विभिन्न समुदायका बालबालिकाहरुले पनि गाइजात्रा मनाएका छन् । उनीहरु फरक फरक पोशाकमा सजिएर गाइजात्रामा सरिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV