७ भाद्र २०७८, सोमबार

काठमाडौं । नेपाल राष्ट्रिय पुरुष क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ । सोमबार नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टिमको जर्सीको मुख्य प्रायोजक माइसेकेन्ड टिचरले संयुक्त रुपमा जर्सी सार्वजनिक गरेको हो ।

नयाँ जर्सी सार्वजनिक गरिएको जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन् । जर्सी डिजाइनमा ५०० जनाको आवेदन परेको थियो ।

जर्सी डिजाइन छनोटका लागि क्यानले ४ सदस्यीय समिति नै गठन गरेको थियो । समितिमा क्यानका केन्द्रीय सदस्य छुम्बी लामा, महाप्रवन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर बिनोद दास र माइसेकेन्ड टिचरबाट एक जनाको प्रतिनिधित्व रहेको थियो ।

क्यानका अनुसार जर्सी डिजाइनमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियम पालना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV