७ भाद्र २०७८, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । सोमबार राष्ट्रपति भण्डारीले नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रस्तावित अध्यक्ष नेपाललाई शितलनिवासमा बोलाएर भेटवार्ता गर्नुभएको हो ।

सोमबार दिउँसो दुईबीचमा भण्डै दुई घण्टा लामो वार्ता भएको स्रोतको भनाई छ । स्रोतका अनुसार नेकपा एमाले विभाजन रोक्नका लागि नेपाललाई शितलनिवास बोलाइएको हो ।

तर, हालसम्म दुईबीचमा के संवाद भयो भन्ने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV