७ भाद्र २०७८, सोमबार

काठमाडौँ । काठमाडौं उपत्यकामा आज परम्परागत ढंगले गाईजात्रा मनाइएको छ । वर्षदिनभरि दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाइने गाईजात्रा यसपालि कोरोना महामारीकै बीच सामान्य तवरले मनाइएको हो ।

काठमाडौँको वसन्तपुर, इन्द्रचोक, असन लगायत क्षेत्रमा सामान्य भीडभाडका बीच औपारिक रुपले गाईजात्रा झाकीहरु प्रदर्शन गरिएको छ ।

गाईजात्राको दिन विधिवत्रुपमा गाईलाई नगर परिक्रममा गराएमा मृतात्मा सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ । गाईजात्राको दिन स्वर्गमा ढोका खुल्ने र मृतक आत्माले गाईको पुच्छर समातेर वैतणी नदी पार गरी स्वर्गलोकमा पुग्छ भन्ने जनविश्वास समेत रही आएको छ ।

गाईजात्रा विशेष गरी नेवार समुदायले मनाउने पर्व हो । राजा प्रताप मल्लले गाईजात्रा पर्व चलाएको किम्वदन्ती भए पनि नेवार समुदायबाहेकले गाईजात्रा गर्ने प्रचलन रहेको पाइँदैन ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV