७ भाद्र २०७८, सोमबार

वासिंटन डीसी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षमा अमेरिकाबाट सुनिल साहले उम्मेद्वारी घोषणा गरेका छन् ।

साहले संघको आगामी कार्यकाल २०२१-२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । उनी लामो समयदेखि गैरआवासीय नेपालीकाे हक अधिकारका लागि विभिन्न संगठन तथा मञ्चमार्फत् सक्रिय छन् ।

साह गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निवर्तमान अध्यक्ष समेत हुन् । लामो समयदेखि अमेरिकालाई कार्यथलो बनाएका साहले संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् मार्फत गैरआवासीय नेपालीका मुद्दालाइ प्रभावकारी ढंगले उठाउनका लागि उपाध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेको बताएका छन् ।

गैरआवासीय नेपालीको अभियानमा लामो समयदेखि जोडिएका उनी एनआरएनए अमेरिकाको अध्यक्ष रहदा सम्झनयोग्य विभिन्न कार्यहरु गरेर गैर आवासीय नेपाली माझ लोकप्रिय बनेका थिए ।

अमेरिकामा रहेर आफूले सिकेको ज्ञान, सीप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा आर्थिक सम्बृद्धि सग जोड्ने अभिप्रायले अन्तराष्ट्रिय समन्वय परिषद्मा उम्मेद्वारी दिने तयारी गरेको बताउँदै उनले आफू निरन्तर एनआरएनए अभियानमा लागिरहने बताउछन् ।

उनले आफूले बटुलेको अनुभव र अग्रजको संयोजनका आधारमा केन्द्रीय उपाध्यक्षमा उम्मेद्वारी दिएर संघलाई अर्को उचाइमा पुर्‍याउने उद्देश्य राखेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV