७ भाद्र २०७८, सोमबार

काठमाडौँ । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ ।

सोमबार बिहान शेयरको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा उक्त आइपीओ बाँडफाँट भएको हो ।

मागभन्दा अधिक आवेदन परेका कारण गोलाप्रथाद्वारा शेयर बाँडफाड गरिएको हाे । जसअनुसार कुल ३६ हजार ८५६ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी ३ जनाले ११ कित्ताका दरले पाएका छन् ।

लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जनाको रीतपूर्वक आवेदन परेको थियो । तीमध्ये अधिकांशकाे हात खाली रहेकाे छ ।

लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV