७ भाद्र २०७८, सोमबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा चल्सीले आर्सनललाई उसैको मैदानमा २–० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई सहज जित दिलाउनको लागि दोस्रोपटक डेब्यु गरेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र रिस जेम्सले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो । लुकाकु यसै समरमा ९८ मिलियन पाउन्डमा इटालियन च्याम्पियन इन्टर मिलानबाट चेल्सी आएका हुन् ।

खेलको १५औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल चेल्सीले जित्यो ।

नयाँ सिजनका चेल्सीको यो लगातार दोस्रो जित हो । पहिलो राउन्डमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको थियो ।

जितसँगै चेल्सी २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि लिभरपुल, ब्राइटन र टोटेनहम हटस्पर गोल अन्तरमा पछि छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV