७ भाद्र २०७८, सोमबार

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परले लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा टोटेनहमले बाल्भ्सलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

टोटेनहमलाई जित दिलाउनको लागि डेले अलीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले १०औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

सर्जियो रिगुइलोनको थ्रु पासमा गोलरक्षक जोस शाले पेनाल्टी बक्समा डेल अलीलाई लडाएपछि टोटेनहमले पेनाल्टी पाएको थियो ।

पहिलो खेलमा टोटेनहमले म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । यो जितसँगै टोटेनहमको २ खेलबाट ६ अंक जोडेको छ । पराजित वल्भ्सले अंकको खाता खोल्न सकेको छैन । वल्भ्स पहिलो खेलमा लेस्टर सिटीसँग १–० ले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV