७ भाद्र २०७८, सोमबार

एजेन्सी । स्पेनिस ला लिगामा रिय म्याड्रिड हारबाट जोगिएको छ । गएराति भएको खेलमा रियल घरेलु टोली लेभान्टेसँग ३–३ गोलको बराबरी रोकिएको हो ।

रियलले सुरुवाती अग्रता लिएपनि जोगाउन सकेन । खेलको पाँचौ मिनेटमा नै ग्यारेथ बेलको गोलबाट रियलले अग्रता लिएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफको शुरुमै दुई गोल खायो । ४६औं मिनेटमा रोजरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । उनले गोन्जालो मेरेलोको पासमा गोल गरेका थिए ।

५७औं मिनेटमा जोस काम्पानाले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । उनले जर्ग डि फ्रुटोसको पासमा गोल गरेका थिए ।

७३औं मिनेटमा सब्सिच्युट ब्राजिली विंगर फरवार्ड भिनिले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । उनले क्यासमिरोको पासमा गोल गरेका थिए । ७९औं मिनेटमा रोवेरले गोल गर्दै लेभान्टेलाई खेलमा पुनः ३–२ ले अघि बढाए ।

८५औं मिनेटमा भिनिले बेन्जेमाको पासमा गोल गर्दै तथा खेललाई ३–३ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल गर्न सक्दा खेल बारबरीमा सकियो ।

यो बराबरीपछि रियलको २ खेलबाट ४ अंक पुगेको छ । लेभान्टेको २ खेलबाट २ अंक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV